इलाम, २२ जेठ । नेपाल टेलिकम इलाम शाखाले जिल्लामै पहिलोपटक थ्रिजी सेवा सुरु गरेको छ ।
टेलिकमले शनिबारदेखि सदरमुकाममा सो सेवा सुरु गरेपछि यसप्रति उपभोक्ताको आकर्षण थपिन थालेको टेलिकम इलामका प्राविधिक अधिकृत ज्ञाननाथ सापकोटाले बताउनुभयो ।
सेवाग्राहीले भ्वाइस सेवाका अतिरिक्त भिडियो कल, मल्टिमिडिया म्यासेज र हाई स्पिड इन्टरनेट सेवा पाउने उहाँले जानकारी दिनुभयो ।
भिडियो कलका लागि भ्याटसहित प्रतिमिनेट रु २.४८ र मल्टिमिडिया म्यासेजका लागि भ्याटबाहेक रु १.५० खर्च लाग्ने टेलिकमले जनाएको छ ।
इन्टरनेट चल्ने मोबाइलको म्यासेज बक्समा गएर थ्रिजी टाइप गरी १४०० मा पठाउनुपर्दछ । म्यासेज प्राप्त भएको तीन÷चार घण्टापछि सेवा सुरु हुने र एकपटक सुचारु गरेपछि गरिरहनु नपर्ने टेलिकमले जनाएको छ ।
प्रिपेड र पोस्टपेड सिममा सेवा सुचारु गर्दा एक सय रूपैयाँ शुल्क लाग्ने र त्यसपछि खर्च नलाग्नेसमेत टेलिकमले जनाएको छ ।














प्रतिक्रिया