काठमाडौं। कोरियाली कम्पनी स्यामसुङले ७ इन्च स्क्रीन भएको सामसुङ ग्यालेक्सी स्मार्टफोन लञ्च गरेको छ । यसलाई कोरियाको बजारमा लञ्च गरिएको हो ।
यो स्मार्टफोन सामसुङले लञ्च गरेको सबैभन्दा ठूलो आकारको स्मार्टफोन हो । यसको विशाल स्क्रिनमा फोटो र भिडियो राम्रोसँग हेर्न मिल्ने बताइएको छ । यसको स्क्रीन ठूलो भए पनि यसमा धेरै फिचरहरु थपिएको भने छैन । यसको रिजोल्युसन १२८०/७२० कै छ ।
यसमा १.२ जीएचजेड क्वाड कोर प्रोसेसर रहेको छ भने यसको राम १.५ जिबी रहेको छ । यसमा १६ जिबी इन्टरनल मेमेरो रहेको छ भने यसमा अलग माइक्रोएसडीकार्ड पनि राख्न मिल्छ ।
यो एन्ड्रोयड जेलीबिन अपरेटिङ सिस्टममा आधारित रहेको छ । यसको क्यामारा ८ मेगापिक्सलको रहेको छ भने फ्रन्ट क्यामारा २ मेगापिक्सलको रहेको छ । यसको आकारलाई हेरेर ब्याट्री भने ३२ सय एमएएच राखिएको छ । एजेन्सी














प्रतिक्रिया