२८ आश्विन २०८३, बुधबार

ओलीको सक्रियता बढ्यो, के–के गरे ओलीले बुधबार ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-sharma-oli

काठमाडौं, २१ जेठ । स्वास्थ्य उपचार गरी थाइल्याण्डमा फर्के लगत्तै नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले राजनीतिक सक्रियता बढाउनुभएको छ ।

एमाले महाधिवेशन नजिकिँदै जाँदा ओलीले एमाले नेता तथा कार्यकर्तासँगको भेटवार्तालाई तीव्रता दिनुभएको छ । महाधिवेशनका बारेमा छलफल गर्न र स्वास्थ्थ अवस्थाबारे जानकारी लिन ओली निवास बालकोटमा घुइँचो बढ्न थालेको छ ।

महाधिवेशनमा अध्यक्षका आंकाक्षी रहेका ओलीले बुधबारै महाकालीका कार्यकर्ताहरुलाई टेलिफोनबाट सम्बोधन गर्नुभयो ।

मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको महाकाली अञ्चलस्तरीय भेलालाई ओलीले सम्बोधन गर्नुभएको हो । भेलालाई सम्बोधन नेता प्रदीप ज्ञवाली कञ्चनपुर पुगे पनि कार्यकर्ताको आग्रहका कारण ओलीले टेलिफोटनबाट १० मिनेट भेलालाई सम्बोधन गर्नुभएको उहाँका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिनुभयो ।

आफू निको भएर आएको भन्दै नेता ओलीले पार्टीको नवौं महाधिवेशनलाई ऐतिहासिक बनाउन कार्यकर्ताहरुलाई आग्रह गनुुभयो । ‘पार्टीले धेरैखालका घुम्ती पार गरेर यहाँसम्म आइपुगेको छ, एकताबद्ध रुपमै अहिलेसम्म पार्टी चलेको छ,’ नवौं महाधिवेशनबाट आफू सर्वसम्मत अध्यक्ष हुने संकेत गर्दै ओलीले भन्नुभयो, ‘नीतिका हिसाबले सहमतिको दस्तावेज बनिसकेको छ, नेतृत्वमा पनि सहमति हुन्छ ।’

नेता ओलीले बुधबारै सभामुख सुवासचन्द्र नेम्वाङसँग पनि भेटवार्ता गर्नुभयो । छलफलमा व्यवस्थापिका संसद र संविधानसभा बैठकका बारेमा सभामुखले जानकारी गराउनु भयो ।

नेम्वाङले संविधान लेखनका लागि संविधानसभाका समितिहरुमा भएका छलफलमा केही जटिलता उत्पन्न भएको जानकारी भएको थियो । जवाफमा नेता ओलीले संविधानसभा र संसदका जटिलता हटाउन एमाले संसदीय दलले अगुवाइ गर्ने बताउनुभयो ।

बुधबारै एमाले नेता ओलीले राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालासँग टेलिफोन वार्ता पनि गर्नुभयो । आफ्नो स्वास्थ्य अवस्थाबारे चिन्ता र चासो व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गरेकोमा ओलीले उहाँहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । प्रधानमन्त्रीसँगको कुराकानीमा ओलीले बिहीबारबाट हुने चीन भ्रमण उपयोगी होस भन्ने कामना पनि गर्नुभयो ।

यसअघि स्वदेशबाट फर्के लगत्तै मंगलबार एमाले अध्यक्ष झलनाथ खनाल, सचिव विष्णु पौडेल लगायतका नेताहरुले ओली निवास बालकोट पुगेर उहासँग महाधिवेशन लगायतका राष्ट्रिय राजनीतिका बारेमा लामो छलफल गर्नुभयो ।