२८ आश्विन २०८३, बुधबार

खरेललाई कारबाहीको सिफारिस, प्रमाणबिना बोलेको निश्कर्ष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramesh-Kharel-final

काठमाडौं, २१ जेठ । वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी रमेश खरेललाई छानविन गर्न समितिले कारबाहीको सिफारिस गरेको छ ।

प्रमाणविनै प्रहरी संगठनको अनुशासनविपरीत सार्वजनिक रुपमा वक्तव्य दिएको भन्दै उनलाई कारबाहीका लागि सिफारिस भएको हो । प्रहरी नायव महानिरीक्षक विज्ञानराज शर्माको संयोजकत्वको छानविन समितिले सोमबार प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई प्रतिवेदन बुझाउँदै खरेलको गल्ती देखाइएको छ ।

एआइजीमा बढुवा हुन डिआइजीहरु व्रिफकेश बोकेर नेताहरुको घरघरमा पुगेको भन्दै खरेलले विवादास्पद अभिव्यक्ती दिएका थिए । विनाप्रमाण त्यसरी प्रहरी संगठनको प्रतिष्ठामा आँच आउने गरी अभिव्यक्ति दिएको निष्र्कष छानबिन समितिको छ ।

खरेललार्इ गम्भीर नभर्इ सामान्य कारबाही गर्न सिफारिस भएको स्रोतले बताएको छ । रेर्कडमा नजनिने गरी खरेललार्इ सचेतसम्मको कारबाही गर्न सिफारिस भएको छानविन समितिका एक अधिकारीले बताएको नयाँ पत्रिकामा खबर छ।