२८ आश्विन २०८३, बुधबार

किन रिहा भए ‘वामदेवलाई गोली हान्नुपर्छ’ भन्ने कर्मचारी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

raju-sah

काठमाडौं, २० । गृहमन्त्री ‘वामदेव गौतमलाई गोली हान्नुपर्छ’ भनी फेसबुकमा कमेन्ट गर्ने सरकारी कर्मचारी रिहा भएका छन् ।

आफ्नै बिभागीय मन्त्रीप्रति आपत्तिजनक शव्द प्रयोग गर्दै फेसबुकमा टिप्पणी गरेको अभियोगमा पक्राउ परेका गृहमन्त्रालय अन्तर्गतका कर्मचारी राजु साह लिखित माफी मागेर रिहा भएका हुन् । साहले आफूले गल्ती गरेको भन्दै माफी पत्रमा हस्ताक्षर गरेका छन् ।

साहका बाबु गेनालाल साहले कागज गरी छोरा जिम्मा लिएका हुन् । माफी मागेपछि सरकारी वकिलको कार्यालयले मुद्दा नै दर्ता नगरी साहलाई रिहा गरेको छ । साह इलाका प्रशासन कार्यालय लहान, सिरहामा कार्यरत प्रशासकीय अधिकृतका रुपमा कार्यरत छन् । गृहमन्त्री वामदेव गौतमले डोरी नाघेर बाटो पार गरेको तस्वीरमा फेसबुकमा टिप्पणी गर्दै साहले ‘उनको पछाडिपट्टिबाट गोली हान्नुपर्ने’ आशय व्यक्त गरेका थिए ।

गृहमन्त्रालयकै आदेशमा उनलाई शनिबार केन्द्रीय अनुसन्धान व्यूरोले वीरगन्जबाट पक्राउ गरी अनुसन्धानका लागि काठमाडौं ल्याएको थियो ।