२८ आश्विन २०८३, बुधबार

श्रीमान विदेशमा हुँदा जेठाजुको गर्भ बोकेपछि…

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baccha-sishu-balak

सोलुखुम्बु, १९ जेठ । लोग्ने विदेशमा भएको समयमा जेठाजुसँग अवैध सम्वन्ध राखेकी महिलाले शिशु जन्माएपछि सोलुखुम्बुमा यो घटना सर्वाधिक चासो र चर्चाको विषय बनेको छ ।

श्रीमान् बिदेश भएको समयमा आफ्नै जेठाजुसँग अबैध यौन सम्बन्ध राख्दा बच्चा जन्माएकी तिङला ७ की ३६ बर्षीया बिना भुजेलले शिशुको हत्या गरेर जमिनमा गाडेकी छिन् । भुजेलले जेठ १० गते शिशुलाई जन्म दिएकी थिइन् ।

शिशु जन्माएपछि सवैतिरबाट खोजीनीति र बच्चाको बाउ खोजेर दबाब दिन थालेपछि भुजेलले बच्चा जन्मिएको तिन दिनपछि १३ गते खाल्टो खनेर शिशु पुरेकी थिइन् ।

महिलाले शिशुको मृत्यु भएकाले खाल्डो खनेर पुरेको दाबी गरेकी छिन् भने स्थानीयले मारेर पुरेको दाबी गरेका छन् । प्रहरीले गाडेको शिशुको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल फाप्लु लगेको छ ।

महिलाको श्रीमान् सन्तबहादुर भुजेल डेढ वर्ष देखि रोजगारीको सिलसिलामा साउदी अरबमा छन् । महिलाले काँइलो जेठाजु रमेश भुजेलसँगको यौन सम्बन्धबाट गर्भ रहेको बयान प्रहरीलाई दिएकी छिन् ।

हाल गर्भ बोकाएका जेठाजु पनि मलेसिया गएका छन् । महिलालाई प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ ।