२८ आश्विन २०८३, बुधबार

को-को छन् सभासद् बन्ने दौडमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-Uml

काठमाडौं, १९ जेठ । नेकपा एमाले भित्र मन्त्रिपरिषद्बाट मनोनित हुने कोटामा सभासद् बन्न तीव्र दौडधुप जारी छ ।

मन्त्रिपरिषद्बाट मनोनित हुने २६ जनामा चुनाव हारेका र समानुपातिकको बन्दसूचीमा रहेकाहरुले समेत नपाउने भएपछि विभिन्न पेशा व्यवसायमा रहेका एमाले समर्थितहरुले दौडधुप बढाएका हुन् ।

कानुन क्षेत्रबाट अग्नी खरेल, विश्वकान्त मैनाली र गोविन्द शर्मा, गैरसरकारी क्षेत्रबाट अर्जुन कार्की र गौरी प्रधान, सञ्चार क्षेत्रबाट सूर्य थापा, शम्भु श्रेष्ठ र गगन विष्टलाई सभासद् बनाउन तीव्र लबिङ भइरहेको छ ।

बार एसोशियसनका अध्यक्ष हरिकृष्ण कार्कीको पनि लबिङ भइरहे पनि उनलाई सभासद् नबनाउन बारकै पदाधिकारीहरुले दबाब दिइरहेका छन् ।

यता, शिक्षा क्षेत्रबाट भने उमेशलाल श्रेष्ठ र भोजबहादुर शाहको चर्चा छ ।

यसैगरी, प्रवासबाट एनआरएनका सल्लाहकार एवं निवर्तमान महासचिव तेन्जी शेर्पा दौडधुपमा छन् । तर, तेन्जीलाई राजदूत या महाधिवेशनपछि पार्टीको विदेश विभागमा लैजाने विषयमा पनि लबिङ भइरहेको छ ।

नेकपा एमालेका शीर्ष नेता भने महाधिवेशनपछि मात्रै सभासद् मनोनित गर्ने पक्षमा छन् । महाधिवेशन अघि सभासद् मनोनयन गर्दा धेरै जना बिच्कने भन्दै एमाले नेताहरु तर्किएका छन् ।

यता, काँग्रेसमा पनि सभासद्का लागि तीव्र लबिङ भइरहेको छ ।

सर्वोच्च अदालतले यसअघि प्रत्यासी भएका तथा समानुपातिकको वन्द सूचीमा नाम भएकाहरुलाई सरकारले मनोनित गर्ने २६ मा नपार्न निर्देशनात्मक आदेश दिएलगत्तै धेरैको मनमा २६ भित्र पर्ने भन्दै मनमनै लड्डु फुटाउन थालेका छन्।

विशेषगरि काँग्रेसमा यस्ता मनमा लड्डु फुटाउनेहरुको संख्या धेरै नै थियो। सर्वोच्चको आदेशपछि धेरैले मनको लड्डु मनमनै घीउसँग खाए। काँग्रेस नेता आमोद उपाध्याय, दिपकुमार उपाध्याय, दिलेन्द्र वडु लगायतका नेता मात्र हैन, पत्रकारका नेता हरिहर विरही तथा धर्मेन्द्र झा पनि २६ मा पर्नेमा आशावादी थिए। तर सर्वोच्चको एक आदेशले सबैको वोल्ती वन्द गरिदियो। अब उनीहरुमा लालसा रहेन, सर्वोच्चको आदेशमा चर्चा मात्र रह्यो।

यता सर्वोच्चको आदेशपछि एनआरएनका सल्लाहकार रामेश्वर साह पनि दौडधुपमा लागेका छन् । संविधानसभा निर्वाचनबबाट औपचारिक रुपमा काँग्रेसको टिकट लिएका साह यतिखेर आफू २६ मा परिसकेको भन्दै रात्रीभोज गराउन थालेको स्रोतले जनाएको छ ।