हेटौँडा, १९ जेठ । कृषि विकास मन्त्री
ले स्थानीय कृषकलाई मौसमी तरकारी, फलफूल, कफी र महको उत्पादनलाई अर्गानिक प्रविधिबाट उत्पादन गर्न सरकारले आगामी आर्थिक वर्षदेखि प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन लागेको बताउनुभयो ।
मन्त्री पराजुलीले मकवानपुर जिल्लाको सिस्नेरी गाविस–३ सिम्लेमा दूध चिस्यान केन्द्रको सोमवार उद्घाटन गर्नुहुदै मुलुकमा अत्याधुनिक प्रविधिबाट खाद्यान्नका साथै तरकारी र फलफूल खेतीलाई उच्च प्रविधिबाट बृहत् आत्मनिर्भरतर्फ उन्मुख सरकार त्यसतर्फ लक्षित रहेको छ, भन्नुभयो ।
अहिले राष्ट्रमा बढ्दै गएको बेरोजगारको चुनौतीलाई कृषिको प्रविधिलाई आधुनिक गरी ती युवालाई सीपमूलक कृषि उत्पादनतर्फ आकर्षित गराउन स्वरोजगार बनाउनुपर्ने सरकारले गम्भीरता साथ गृहकार्य गर्दै रहेको उहाँको भनाइ थियो ।
सो अवसरमा कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले राष्ट्रलाई खाद्यान्न फलफूल मौसमी तरकारी र दूध पदार्थलाई दिगो आपूर्तिमा आत्मनिर्भर तुल्याउन अब कृषकलाई वैज्ञानिक पद्धतिबाट खेती लगाउन सरकारले ठोस कार्यक्रम तर्जुमा गर्ने र अर्गानिक प्रविधिबाट कृषकलाई आकर्षित गर्न कृषि विकास कार्यालयले स्थलगतरूपमा परियोजना सञ्चालन गर्न लागेको बताउनुभयो ।
सो अवसरमा सांसद सुभाषचन्द्र ठकुरी र दूध उत्पादक सहकारी सङ्घका केन्द्रीय अध्यक्ष नारायण देवकोटाले मौसमी तरकारी खेतीलगायत पशुपालन गर्ने कृषकलाई आधुनिक प्रविधिको तालिम र विभिन्न बैंकबाट ऋण उपलब्ध गराउन सरकारले विभिन्न निकायसँग समन्वय गरी दिनुपर्ने सुझाव दिनुभयो ।
मन्त्री पराजुलीले मार्खुस्थित इन्द्रसरोवर जलाशयमा पालन गरिएको मत्स्यपालन योजनाको आज स्थलगत निरीक्षण गर्नुभई स्थानीय कृषकबाट जानकारी लिनुभयो ।
उद्घाटन समारोहको सभापतित्व आजादेश्वर कृषि सहकारी संस्था लिका अध्यक्ष दीपककुमार ठकुरीले गर्नुभएको थियो ।













प्रतिक्रिया