२८ आश्विन २०८३, बुधबार

सुनको मूल्य दैनिक घट्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goldकाठमाडौं, जेठ १८ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आइतबार स्थानिय बजारमा २ सय ५० रुपैयाँ घटेर तोलाको ५१ हजार ४ सय रुपैयाँ कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य तोलाको ५१ हजार १ सय ५० रुपैयाँ तोकेको छ । गत शुक्रबार छापावाल सुन तोलाको ५१ हजार ४ सय रुपैयाँ किनबेच भएको थियो ।

तेजाबी सुनको मूल्य पनि आइतबार तोलामा २ सय ५० रुपैयाँ घटेर ५० हजार ९ सय रुपैयाँमा किनबेच भइरहको महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेर ७ सय ६५ रुपैयाँमा किनबेच भइरको छ । गत शुक्रबार चाँदी तोलाको ७ सय ७० रुपैयाँमा किनबेच भएको थियो ।