३० आश्विन २०८३, शुक्रबार

कमल ज्ञवालीलाई हाजिर हुन अदालतको आदेश

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal-Gyawali1

काठमाडौं, १८ जेठ । किष्ट बैंकका तत्कालिन प्रबन्ध सञ्चालक कमलप्रसाद ज्ञवालीलाई अदालतले हाजिर हुन आदेश दिएको छ ।

किष्ट बैंक घोटाला काण्डमा मुछिएपछि फरार भएका तत्कालिन प्रबन्ध सञ्चालक ज्ञवालीलाई पुनरावेदन अदालत पाटनले हाजिर हुन आदेश दिएको हो। अदालतले ज्ञवालीसहित १५ जना फरार अभियुक्तलाई ३० दिन भित्र हाजिर हुन आइतबार सार्वजनिक पत्र काटेको छ ।  हाजिर हुन बोलाइएका अन्य आरोपीमा कालिप्रसाद शर्मा, शोभा गिरी, कमल सिटौला, तुलसीप्रसाद खनाल, संजयमुर्ती कोइराला, सीता खरेल, बालकुमार पाण्डे, श्यामसुन्दर ढकाल, मधुसुदन शर्मा, रेणुप्रसाद पाण्डे, वामदेव नेपाल, सुनयन शाक्य, नविन राई र मेरु जोशी रहेका छन्। उनीहरुमाथि कमसल जग्गा धितोमा राखी बढी कर्जा प्रवाह गरेको आरोप छ ।

ज्ञवालीले जम्को प्रकाशन प्रालिलाई १४ करोड ऋण कमसल धितोमा दिलाएका थिए। ज्ञवालीको निर्देशन बमोजिम कर्जा फाइलमा हस्ताक्षर गरेका आधारमा बैंकका नायव महाप्रबन्धक बिएन घर्ती लगायत भने अहिले थुनामा छन्। यही अभियोगमा नेपाल राष्ट्र बैंक र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सुरु गरे पछि ज्ञवाली फरार भएका हुन्। उनी अहिले अमेरिकामा रहेको बताइएको छ । नेपाल राष्ट्र बैंक बादी रहेको ०७०–सीबी–००६७ र ०७०–सीबी–००७० नम्बर मुद्दामा उनी प्रतिवादी छन्।

Kamal-Gyawali