काठमाडौँ, १८ जेठ । राप्रपा नेपालका नवनिर्वाचित अध्यक्ष कमल थापाले पार्टी विधानअनुसार केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्येका केही पदहरुमा आइतबार मनोनयन गर्नुभएको छ ।
अध्यक्ष थापाबाट मनोनित हुनेहरुमा केन्द्रीय उपाध्यक्षद्वय राजीव पराजुली (पर्सा) र डा. धवलशम्सेर राणा (बाँके) हुुनुहुन्छ ।
यसैगरी, महामन्त्री पदमा चन्द्रबहादुर गुरुङ (स्याङ्जा) मनोनित हुनुभएको छ ।
यस्तै, केन्द्रीय सदस्य पदमा निरञ्जन थापा (रुपन्देही) र टंक ढकाल (भोजपुर) को पनि मनोनयन भएको छ ।
















प्रतिक्रिया