जाजरकोट, १८ जेठ । खेती लगाउने, गोडमेल गर्ने र स्याहार्नेदेखि घरभित्रको कामसम्ममा महिलाको सहभागिता हुने गरे पनि ग्रामीण भेगका महिलाको भने सम्पत्तिमा खासै पहुँच हुदैन । नत उनीहरूका नाममा घर हुन्छ नत खेतबारी नै ।
तर जाजरकोट खलङ्गा–९ की कुमारी खत्रीको जीवनमा ४० वर्षपछि नयाँ खुसी थपिएको छ ।
ग्रामीण महिलाकी एक प्रतिनिधि पात्र कुमारीले भने जीवनमा पहिलोपटक सम्पत्तिमा पनि आफनो हिस्सा पाएकी छन् ।
पति भद्रबहादुर खत्रीले उनको नाममा तीन रोपनी जग्गा पास गरिदिएपछि कुमारीको पनि सम्पत्तिमा हिस्सेदारी थपिएको हो ।
सरकारले समेत सम्पत्तिमा महिलाको पहुँच पुर्याउन विभिन्न ‘प्याकेज ल्याए पनि परम्परागत सोच तथा महिलामा सचेतनाको अभावले ग्रामीण महिला यसको पहु“चबाट टाढा छन् । जग्गा रजिस्ट्रेसनमा लाग्ने करमा ३० प्रतिशत छुट तथा श्रीमान् श्रीमतीको सयुंक्त पूर्जा बनाउदा १०० मा बनाउने गरिएको भए पनि यहा आफ्ना नाममा जग्गा रजिस्ट्रेसन गर्ने महिलाको सङ्ख्या न्युन रहेको जिल्ला मालपोत कार्यालय जाजरकोटका प्रमुख नन्द बिसी बताउनुहुन्छ ।
ग्रामीण महिलामा चेतनास्तर कम हुने र त्यसैको फाइदा उठाउदै पितृसतात्मक सोचले महिलालाई सम्पत्तिको अधिकारबाट बञ्चित गरिएको उहाँ बताउनुहुन्छ । आफ्ना नाममा जग्गा रजिस्टेसन गर्ने महिलाको सङ्ख्या उल्लेख्य नभए पनि यो सङ्ख्या बढ्दै गएको कार्यालय प्रमुख बिसीको भनाइ छ ।
त्यस्तै खलङ्गा–९ कै २५ वर्षिया शान्ता चन्द वैदेशिक रोजगारीमा रहेका पतिले पठाएको पैसाले उनले पनि गाउमै एक रोपनी एक आना जग्गा किनेर आफनै नाममा गरेकी छन् ।
यसमा सासूससुराले कुनै हस्तक्षेप नगरेको शान्ताको भनाइ छ । उहाले (पतिले) थोरै भए पनि जग्गा किन्नु भन्नुभयो, मालपोत कार्यालयमा भेटिएकी शान्ताले भन्नुभयो, “बाआमा (ससुरा–सासू)ले तिम्रो नाममा गर भन्नुभयो, मेरै नाममा गरे । आफनो नाममा सम्पत्ति भएपछि जिम्मेवारी बढेको तथा अब केही गर्न सकिन्छ भन्ने महसुस भएको शान्ताले बताउनुभयो ।
गाउँकोतुलनामा सदरमुकाम आसपासका पुरुषमहिलाका नाममा जग्गा रजिस्टेसन गर्न अलि उद्धार देखिएका छन् । पत्नीस“गै मालपोत कार्यालय आएका खलङ्गा–९, का भद्रबहादुर खत्रीले पत्नीका नाममा जग्गा रजिस्टेसन गर्न आफँले पहल गरेको बताउछन् । यीनले खासै चासो दिएकी थिइनन्’ पत्नीलाई देखाउदै खत्रीले भने सगै जीवन जिउने भएपछि के आफनोके अरुको त्यही भएर यीनको नाममा पनि जग्गा दर्ता गर्न खोजेको हुँ ।
सम्पत्तिमा महिलाको पहु“च बढाउन र अभिप्रेरित गर्न जिल्ला मालपोत कार्यालय जाजरकोटले जग्गा रजिस्टेसन गर्ने महिलालाई पूर्जा दिँदा अबीर र फूलले स्वागत गर्ने गरेको छ । अरु महिलामा पनि आफनो नाममा जग्गा रजिस्टेसन गर्न प्रेरणा मिलोस् भनेर यसो गरेका हाँ ।
कार्यालय प्रमुख बिसीले भन्नुभयो, “यसले ग्रामीण महिलामा सम्पत्तिको पहुँच वृद्धि हुने आशा गरेका छाँ।” कार्यालयका तथ्याङ्कअनुसार यही बैशाख २० गतेसम्म १७ जना महिलाले आफनो नाममा जग्गा रजिस्टेसन गरेका छन् । गत साउनदेखि चैतसम्म जिल्लाका २३२ महिलाले आफनो नाममा जग्गा रजिस्टेसन गरेको कार्यालयको तथ्याङ्क छ ।













प्रतिक्रिया