३० आश्विन २०८३, शुक्रबार

पार्टीलाई संगठित बनाउन अध्यक्षमा उम्मेदवारी – नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १८ जेठ । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालmadabले पार्टीलाई संगठित रुपमा अगाडि लैजानका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आइतवार सञ्चारकर्मीसँगको भेटमा नेता नेपालले प्रतिस्पर्धाबाट डराउनेले आफ्नो उम्मेदवारीलाई असंवैधानिक भनी प्रचारप्रसार गरेको आरोप लगाउनुभयो ।

उहाँले पार्टीका शीर्ष नेताबीच सहमति भए नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने विषयमा आफूले सोच्नसक्ने बताउँदै नयाँ पुस्ताको उम्मेदवारी नपरेकाले आफूले उम्मेदवारी दिएको प्रष्ट पार्नुभयो ।

नेता नेपालले सिङ्गो पार्टीलाई समेटेर लैजानु अहिलेको आवश्यकता भएको उल्लेख गर्दै पार्टीको महाधिवेशनमा एउटा बिन्दुमा गएर सबै पदका लागि सर्वसम्मतको प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले वर्तमान सरकार सोचेअनुसार गतिशील हुन नसकेको उल्लेख गर्दै यो सरकारप्रति जनताको ठूलो विश्वास रहेकाले एउटा निश्चित मापदण्ड बनाएर सरकारले आफ्नो कार्यलाई अगाडि बढाउनुपर्नेमा धारणा राख्नु भयो ।