काठमाडौं, १८ जेठ । निर्वाचन आयोगले सरुवाको अनुमति नदिएपछि प्रहरी मुख्यालयले एसएसपी रमेश खरेललाई छानविनका नाममा कामविहीन तुल्याएको छ।
छानविन नसकिएसम्म जिम्मेवारी नदिने हेडक्वाटरको निर्णयले खरेल अघोषित निलम्बनको अवस्थामा पुगेको नयाँ पत्रिकामा साचार छापिएको छ।
खरेलको ठाँउमा एसपी नारायणसिंह खड्कालाई काठमाडौं परिसरको जिम्मेवारी दिइएको प्रवक्ता एसएसपी गणेश केसीले जानकारी दिए। खरेललाई निलम्बन गरिएको भने होइन केसीले भने छानविन सकिएपछि पुरानै जिम्मेवारीमा फर्कन सक्नुहुन्छ।
छानविनमा सहज पार्न खरेललाई हेडक्वाटर झिकाइएको केसीको भनाइ छ। खरेल काठमाडौं प्रहरी परिसरका प्रमुख हुन्। खरेलको विवादास्पद अभिव्यक्तिमाथि छानविन गर्न प्रहरीले नायव महानिरिक्षक विज्ञानराज शर्माको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो। खरेलले डिआईजीहरु एआईजी बन्न मन्त्री र नेताको घरघरमा ब्रिफकेश बोकर धाउने गरेको अभिव्यक्ति दिएका दिए।














प्रतिक्रिया