२८ आश्विन २०८३, बुधबार

विवाह भएको दुई महिनामै रानी मुखर्जी गर्भवती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rani-Mukharji

निकै लामो समय पछि चलचित्र ‘मर्दानी’ को ट्रेलर रिलिज कार्यक्रममा रानी उपस्थिति भएकी थिइन । त्यस कार्यक्रम पश्चात उनको फोटो भाइरल ज्वरो सरह बजारमा सार्वजानिक हुन थाल्यो ।

किनकी सो फोटोबाट धेरैले अनुमान लगाएका थिएकी रानी गर्भवती भएकी छिन् । उनको हिडाई देखी सबै कुरामा उनी असहज महशुस गरिरहेकी थिइन त्यसैले पनि सबैले उनलाई रानी गर्भवती भएको शंका गरेका थिए । कार्यक्रममा रानीले आदित्य चोपडा सगँ विवाह गरेको खुसीमा लड्डु बाडेकी थिइन तर त्यहाँ उपस्थित हुने व्यक्तिले भनेका थिए ‘अब अर्को नयाँ खुसी कहिले सुन्न पाइन्छ ।’

सोहि प्रश्नमा रानीले भनेकी थिइन ‘पर्खिनस न अर्को खुसीमा लड्डु र सन्देश दुवै खुवाउछु ।’ रानीले राता राता आदित्य सगँ विवाह गर्नुले पनि रानी सगँ धेरै कुराको प्रश्नहरु बाकीँ नै थिए । आखिर किन राता राता विवाह बन्धनमा बाधिएकी थिइन त रानी भन्नेमा । २०१४ अप्रिल २१ गते इटालीमा रानी र आदित्य विवाह बन्धनमा बाधिएका थिए ।

बाहिर आम दर्शकले रानी गर्भवती छिन् भन्ने हल्ला र रानीले विवाह गरेको दुई महिनामै गर्भवती भएको खबरलाई रानीले कसरी हेर्छिन त्यो भने भोलीको दिनले नै बताउने छ ।