अरिस (इजिप्ट), १५ असार । इजिप्टको उत्तरी सिनाई सहरको रफाह क्षेत्रमा सरकार विरोधी अतिवादी समूहले गरेको आक्रमणमा शनिबार चार सैनिकको मृत्यु भएको समाचार छ ।
उक्त जानकारी नाम बनताउने शर्तमा सुरक्षा स्रोतका एक अधिकारी दिएका छन् । ती चार सैनिक बिदा मनाउनको लागि आफ्नु प्रायद्वीपमा फर्किरहेको अवस्थामा सो आक्रमण भएको प्रहरीस्रोतले जानकारी दिएको छ ।
ती सैनिकहरू सैनिक पोशाकमा भने नभएको जनाइएको छ । इजिप्टमा इस्लामिस्ट आतङ्ककारी समूहले प्रहरी र सैनिकलाई लक्ष्यगरी बम आक्रमण गर्दैआएका बताइएको छ ।
पूर्व इलास्मिट राष्ट्रपति मोहमेद मोर्सीलाई अपदस्थगरी हटाएर सैनिक प्रमुख अब्दुल फताह अल सीसीले शासन सत्ता सम्हालेपछि प्रहरी र सैनिकलाई लक्ष्यगरी आक्रमण हुँदै आएको सरकारी पक्षले दाबी गर्दै आएका छन् ।
तर अतिवादीहरूका भने मोर्सी समर्थकहरूमाथि भिषण सैनिक दमनका कारण यस आक्रमणहरू भएको दाबी गरेका छन् ।
सैनिक दमनका कारण गत १० महिनायता एक हजार भन्दा बढी मोर्सी समर्थकहरूको मृत्यु भएको बताइएको छ । त्यसैगरी यस सैनिक दमनका कारण हजारौ व्यक्ति पक्राउ परेका छन् ।
यस्ता सैनिक दमनको कारण सर्वसाधारण नागरिकलगायत पर्यटकहरू शिकार भएका छन् ।
गत शनिबार पनि दूरसञ्चार केन्द्रलाई लक्ष्यगरी गरिएको एक विस्फोटनमा एक बालिकाको मृत्यु हुनुको साथै उनीकी आमा गम्भीर घाइते भएको जनाइएको छ । रासस/सिन्ह्वा














प्रतिक्रिया