२८ आश्विन २०८३, बुधबार

बर्षालाई गुमाएपछि पागल छन् रञ्जन | भिडियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

barsha-ranjan1

रचनाकार अनल गौतमको सब्द रचना, राज सागरको स्वर तथा संगीतमा तयार भएको ‘छौ कहाँ तिमि कहाँ छौं’ बोलको गीतको भिडियो शनीवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । कुपण्डोलस्थित होटल समिटमा रमाइलो तरिकाले छायांकन गरिएको यस भिडियोमा रञ्जन रिजाल र बर्षा सिवाकोटीको अभिनय रहेको छ ।

एक हाइप्रोफाइल केटाको वियोगान्त कथामा तयार पारिएको यस म्यूजिक भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । यसअघि ‘जाली रुमाल’ बोलको गीतको भिडियोबाट चर्चा पाएका निर्देशक तथा संचारकर्मी विधान कार्कीले यो भिडियोमा अझै मेहनत गरेको बताए । कार्यक्रममा गीतकार अनल गौतमले दर्शक, श्रोतामाझ अमिट छाप छोड्ने आशा सहित गीत रचना गरेको बताए ।

हेरौँ  भिडियोः

https://www.youtube.com/watch?v=BdJ0OK_hlb8