२८ आश्विन २०८३, बुधबार

पैसा आउने भएपछि शुभेच्छाले गरिन यसरी किस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Suvechaa-kiss-to-karan

चलचित्र ‘मिस नेपाल’को रिलिज मिति सर्दा वितरक करण श्रेष्ठसँग पौँठाजोरी खेलेकी नायिका तथा निर्मात्री शुभेच्छा थापाले शुक्रवार किस दिएकी छिन् । मोफसलमा रिलिज यो चलचित्रले राम्रो ओपनिङ् गरेपछि हौसिँदै वितरकलाई किस दिएकी हुन् । चलचित्रले पैसा उठाउने सम्भावना नदेखेपछि चलचित्रबाटै सन्यास लिने समेत भन्न भ्याएकी थापाले पैसा कमाउने संभावना देखेपछि ति सबै कुरालाई बिर्सेकी छिन् । 

मिस नेपाल बन्न एक यूवतीले गर्ने संघर्षका कथालाई यो चलचित्रले समेटेको छ। चलचित्रमा कल्याण घिमिरे, सविन श्रेष्ठ, क्षितिजा शाक्य, सोनु केसी, सुरज प्रजापति लागाएतको अभिनय रहेको छ भने बाल कलाकारहरु क्रिशु भट्टराई, साक्षि लामिछाने अभिनय गरेका छन् । राजधानी बाहिरका करिव ४० हलमा यो चलचित्र लागेको छ भने राजधानीमा अर्को साता लाग्नेछ ।