नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नवौं महाधिवेशनका लागि उम्मेदवारी घोषणा भएको छ ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा शनिबार विशेष कार्यक्रम गरी नेपालको उम्मेदवारी घोषणा गरिएको हो । एमाले सचिव युवराज ज्ञवालीले नेपालको उम्मेदवारी घोषणा गर्नुभएको हो ।
टिम भित्रै सहमति जुटन नसक्दा अन्यको नाम घोषणा हुन सकेन । एमाले नेता प्रकाश ज्वालाले टिम घोषणा पछि गरिने बताउनुभयो ।
वरिष्ठ नेता नेपालको टिमबाट उपाध्यक्षमा भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, महासचिवमा सुरेन्द्र पाण्डे, सचिवमा गोकर्ण विष्ट, प्रकाश ज्वाला, घनश्याम भुसाल, रघुजी पन्त, श्रीमाया थकाली, रामचन्द्र यादव, परशुमेघी गुरुङ लगायतले आकांक्षा देखाएका छन ।
घोषणा कार्यक्रमको संयोजन एमाले युवा नेता एवं केन्द्रीय सदस्य योगेश भटटराई अध्यक्ष रहेको मदन भण्डारी अध्ययन केन्द्रले गरेको हो । अध्यक्षका अर्का दावेदार एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको समूहबाट भने उपाध्यक्षमा वामदेव गौतम र महासचिवमा इश्वर पोखरेलको नाम सार्वजनिक भइसकेको छ । उपाध्यक्षमा विद्या भण्डारी र प्रदीप नेपाल, सचिवमा शंकर पोखरेल, विष्णु पौडेल, पृथ्बीसुब्बा गुरुंग, रघुवीर महासेठ लगायतका नेताहरु ओली समूहबाट लड्दैछन् ।
को को खुले माधवको पक्षमा ?
शनिबारको भेलामा माधव नेपालको टिममा स्थायी समितिका कमै नेताको मात्रै सहभागिता देखियो । अहिलेका मन्त्रीमध्ये पनि सामान्य प्रशाशनमन्त्री लालबाबु पण्डित मात्रै घोषणा सभामा आए ।
घोषणा सभामा नेताहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, सिद्धिलाल सिंह, राजेन्द्र पाण्डे, वेदुराम भुसाल, पशुपति चौलागाईं, गंगालाल तुलाधर, रघुजी पन्त, प्रकाश ज्वाला, गोकर्ण विष्ट, योगेश भट्टराई, घनश्याम भुसाल, अरुण नेपाल, भानुभक्त जैसी, जीवनराम श्रेष्ठ, तुलबहादुर गुरुङ, परशुमेघी गुरुङ, ठाकुर गैरे, लालबाबु पण्डित, विजय पौडेल, जयन्ती राई, राजेन्द्र राई, श्रीमाया थकाली, ललित बस्नेत, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, डा. वंशिधर मिश्र, कल्याणी खड्का, रामचन्द्र साह, रामचन्द्र यादव, विरोध खतिवडा, गौरा प्रसाईं, चुडामणि जंगली लगायतको सहभागिता थियो ।















प्रतिक्रिया