काठमाडौ, १७ जेठ । नेपाल विद्युत प्राधिकरणले हिउँ पग्लेको तथा वर्षाका कारण नदी र जलाशयमा पानीको मात्रा बढेको भन्दै लोडसेडिङ कम गरेको छ ।
हिउँ पग्लेको तथा वर्षाका कारण नदी र जलाशयमा पानीको मात्रा बढेर विद्युत उत्पादनमा वृद्धि भएपछि प्राधिकरणले लोडसेडिङ घटाएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक अर्जुनकुमार कार्कीका अनुसार अहिले दैनिक २ घण्टा लोडसेडिङ कम भएको छ ।
प्राधिकरणले लोडसेडिङ कम गरेपछि अब हप्तामा ५६ घण्टा मात्रै बिजुली जान थालेको छ । गत वैशाख ३१ गते साताको १४ घण्टा लोडसेडिङ कम गरेर ७० घण्टामा झारेको थियो । उक्त समयमा हप्ताको १ दिन १२ घण्टा, २ दिन १० घण्टा र ३ दिन ९ घण्टा विद्युत्त कटौती गर्दै आएको थियो ।
प्राधिकरणले यो वर्ष अधिकतम हप्तामा ८४ घण्टासम्म लोडसेडिङ गरेको थियो ।













प्रतिक्रिया