नेपाली दर्शकको मन जितेको चलचित्र ‘झोला’ले ‘सार्क फिल्म फेस्टिबल २०१४’ मा पनि आफ्नो दरिलो उपस्थिती जनाएको छ । यो चलचित्रबाट गरिमा पन्तले उत्कृष्ट नायिकाको अवार्ड जितेकी छिन् । मे २० देखि २५ सम्म श्रीलंकको राजधानी कोलम्बोमा चलेको फिल्म फेस्टिबलमा नायिका गरिमा पन्त ‘झोला’ मार्फत उत्कृष्ट ठहरिएकी हुन् । सार्क राष्ट्रका थुप्रै सिनेमाले यो फेस्टिबलमा सहभागी जनाएका थिए ।












प्रतिक्रिया