काठमाडौ, १६ जेठ । एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले काठमाडौका प्रहरी प्रमुख रमेश खरेललाई कारवाही गर्न ठीक नभएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले खरेलको बचाउ गरेका हुन । उनले खरेललाई ‘इमान्दार अफिसर’ को संज्ञा दिएका छन् ।
प्रहरीको एआइजी बढुवामा आर्थिक चलखेल भएको भरपर्दो सूत्रबाट थाहा भएको छ’, ट्वीटमा भट्टराईले भनेका छन्, ‘यसबारे भेद खोल्ने इमान्दार अफिसरलाई उल्टै कारबाही गर्नु ठीक भएन ।’
उनले एआईजिपी बढुवामा आर्थिक चलखेल भएको बताएका हुन् । गृह मन्त्रालयले बढुवा समितिको सिफारिसमा केही दिनअघि सात डिआइजीलाई एआईजीपीमा बढुवा गरेको थियो ।
शनिबार भएको एक कार्यक्रममा खरेलले परराष्ट्रमन्त्री महेन्द्ररबहादुर पाण्डेकै अगाडि प्रहरीका डिआईजीहरु बढुवाका लागि ब्रिफकेस बोकेर शक्ति केन्द्र धाउने गरेको अभिव्यक्ति दिएपछि गृहले उनलाई काज सरुवाका लागि निर्वाचन आयोगसँग सहमति मागेको थियो । तर, निर्वाचन आयोगले खरेलको सरुवा रोकिदिएको छ ।















प्रतिक्रिया