काठमाडौं । समाजसेवी दिलशोभा श्रेष्ठमाथि लागेको यौन दुराचारको आरोप सेलाएका बेला विश्वविख्यात पत्रिका दी गार्डियनले नयाँ तथ्य सार्वजनिक गरेको छ ।
दी गार्डियनले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार, दिलशोभाद्वारा सञ्चालित ‘आमा घर’मा आश्रय लिएर बस्ने बालबालिकाहरुलाई घरेलु कामदारका रुपमा बाहिर पठाइने गरेको र ती मध्ये एक बालिकामाथि बलात्कारको प्रयाससमेत भएको उल्लेख छ ।
‘आमा घर’बाट घरेलु कामदारको रुपमा अन्यत्रै पठाएकी एक बालिकाले भनेकी छिन्, ‘म आमाको घरमा १२ वर्षको हुँदा आएको थिएँ । म यहाँ आएको एक वर्षपछि मलाई घरेलु कामदारका रुपमा काम गर्न पठाइयो । म त्यहाँ करीब ४ वर्ष बसें । जो श्रीमती हुनुहुन्थ्यो, त्यो घरको, उहाँले मेरो कपाल तान्ने, मलाई गाली गर्ने पिटने गर्नुहुन्थ्यो । कहिलेकाँही त मलाई थुक्ने पनि गर्नुहुन्थ्यो । त्यहाँ एक जना बृद्ध पनि हुनुहुन्थ्यो, उहाँले मलाई बलात्कार गर्न पनि कोशिस गर्नुभयो । मलाई डर लाग्थ्यो, उहाँलाई देखेर, बोल्न पनि डर लाग्थ्यो ।’
दी गार्डियन विश्वमै तेस्रो सबैभन्दा बढी पढिने पत्रिका हो । बालिकाले दिएको बयान हेर्नुस भिडियोमा:














प्रतिक्रिया