२८ आश्विन २०८३, बुधबार

म सहमतिबाटै अध्यक्ष बन्ने सम्भावना बढ्यो: नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-Nepal

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको नवौं राष्ट्रिय महाधिवेशनबाट आफू सहमतिबाटै अध्यक्ष बन्ने सम्भावना बढ्दै गएको बताउनुभएको छ ।

नेकपा (एमाले) को आसन्न महाधिवेशनको सन्र्दभमा राजधानीमा गरिएको मोर्चा संगठन भेलामा उहाँले देशव्यापीरुपमा आफूप्रति युवा नेता तथा कार्यकर्ताको लहर देखापरेको दावी गर्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो – ‘पार्टी र मुलुक हाँक्न सक्षम युवा नेतृत्व चाहिन्छ, मेरो समर्थनमा सक्षम र वैचारिक हिसाबले योग्य युवा जमात छ, पार्टी अध्यक्षका लागि सहमति पनि हुन सक्छ ।’

नेता नेपालले मुलुकमा सामाजिक र आर्थिक क्रान्ति गर्न जरुरी भएको बताउँदै त्यसका लागि स्पष्ट कार्यदिशा दिनसक्ने नयाँ नेतृत्व महाधिवेशनबाट आउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

भेलामा पूर्व मन्त्री भीम रावल, राजेन्द्र राई, ठाकुर गैरेलगायत नेताहरूले अनुभवी नेता नेपाललाई पार्टीको आगामी महाधिवेशनबाट अध्यक्ष बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।