२८ आश्विन २०८३, बुधबार

गंगनम स्टाइलका झण्डै दुई अर्ब दर्शक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gamnam-Style

दक्षिण कोरियाका प्रसिद्ध र्‍यापर साईले गंगनम स्टाइललाई विदा गरे पनि उनको भिडियोको लोकप्रियता अझै पनि घटेको छैन। यो गीतले युट्युबमा सफलताको झण्डा नै गाडिदिएको छ। युट्युबमा यसको दर्शक २ अर्ब पुग्न लागेका छन्। युट्युबमा राखिएको भिडियोमा यति धेरै दर्शक भेटिएको सम्भवत पहिलो पटक नै हो।

यो भिडियोलाई युट्युबमा 1,99,85,19,668 पटक हेरिसकिएको छ। यो भिडियो सनु २०१२ को जुलाई १५ मा अपलोड गरिएको थियो। समाचार अनुसार साइले गंगनम स्टाइलमा आफ्नो अन्तिम प्रस्तुति एशियामा भएको फ्युचर म्युजिक फेस्टिबलमा २५ हजार दर्शकमाझ दिएका थिए। उनको प्रस्तुतिको फ्यान अधिक भए पनि उनी आफै भने दिक्क मानिरहेका छन्। गंगनम पछि उनले निकालेको जेन्टलमेन स्टाइलको गीतलाई पनि दर्शकले अत्यधिक रुचाएका थिए।