२८ आश्विन २०८३, बुधबार

प्रियंका कार्की फेरि संकटमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Preeyanka-Karki

झोले र नाइँ नभन्नू ल-२ को सफलताले हौसिएकी नायिका प्रियंका कार्की फेरि संकटमा फसेकी छन्।

२ जेठमा रिलिज भएको उनको प्रतीक्षित फिल्म आवरण दर्शकलाई हलसम्म तान्न सफल भएन। यो सस्पेन्स फिल्मको कथा र प्रस्तुति फितलो मानिएको छ।

जबकि, रिलिजअगाडि फिल्मले निकै चर्चा पाएको थियो। फिल्मको प्रचारप्रसारमा प्रियंका देश दौडाहामा निस्केकी थिइन्।

यसरी केन्द्रीय भूमिका रहेको फिल्म असफल भएपछि उनको ‘स्टारपावर’ ओरालो लागेको छ। व्यापक हल्ला गरिएको आवरण असफल भएका बेला ९ जेठबाट उनले ‘सौतेनी व्यवहार’ गरेको फिल्म मेरो वेस्ट फ्रेन्ड रिलिज भइरहेको छ।