काठमाडौ । बुधवार सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको छ । मंगलवार तीन सय रुपैयाँले मूल्य बढेको सुन बुधवार भने मूल्य घटेर तोलाको ५१ हजार सात सयमा कारोबार भएको छ ।
अन्तराष्ट्रिय बजारमा पनि सुनको मूल्य घट्ने क्रममा रहेको छ । भारतमा प्रति औंस एक सय १५ भारुले मूल्य घटेर सुन करिब दुई बजे २६ हजार आठ सय ४३ रुपैयाँ भएको छ । मंगलवार कारोबार बन्द हुँदा प्रति औंस सुन २६ हजार नौं सय ५८ मा कारोबार भएको थियो । गत शुक्रवार भने त्यहा सुन २७ हजार तीन सय ८६ मा कारोबार भइरहेको थियो । यो दिन नेपाली बजारमा चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेर सात सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।













प्रतिक्रिया