२८ आश्विन २०८३, बुधबार

किन ‘उल्लंघन’ गरे गृहमन्त्रीले ट्राफिक नियम ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Naya-patrika-Bamdev

काठमाडौं । रमेश खरेललाई काठमाडौंबाट हटाइएको विषयमा चर्चाको शिखरमा रहेका गृहमन्त्री अर्को फरक प्रसंगले पनि चर्चामा छन् । त्यो हो– रत्नपार्कको सडक लेनमा टांगिएको डोरी नाघेर सडक पार गरेको विषय ।

सोमबार नयाँ पत्रिका दैनिकले डोरी नाघेर सडक पार गरिरहेको अस्वभनीय फोटो प्रकाशित गरेपछि गृहमन्त्रीका विषयमा अनेक टिकाटिप्पणी भएका छन् । आफैले नियम सिकाउने व्यक्तिले ट्राफिक नियम उल्लंघन गरेकाले उनीमाथि कारबाही गर्नुपर्ने माग पनि भइरहेको छ । उनले माफी माग्नुपर्ने बहस पनि सामाजिक सञ्जालमा चर्कै रुपमा उठिरहेको छ । तर, गृहमन्त्री गौतमले किन त्यसरी बाटो काटे त ? धेरैले यो विषय बुझ्ने कष्ट गरेको देखिएको छैन ।

दुई–तीन वटा गाडी अगाडि पछाडि लगाएर झण्डा हल्लाउँदै गृहमन्त्रीले नजानेर बाटो काटेका भने होइनन् । गृह मन्त्रीका एक स्वकीय सचिव भन्छन, ‘पत्रिकामा आएको फोटोमा ट्राफिक नियम उल्लंघन गरेको जस्तो देखिएपनि कारण भने अर्कै थियो ।’

आइतबार उपनिर्वाचनका लागि उम्मेद्वारी दर्ता गर्ने दिन । काठमाडौं २ का एमालेका उम्मेद्वार कृष्ण गोपाल श्रेष्ठको उम्मेदवारी दर्ता गर्नका लागि नारा जुलुससहित जाने पूर्वनिर्धारित योजना थियो । उम्मेदवारी दर्ता गर्ने स्थल राष्ट्रिय सभागृहलाई तोकिएकाले पार्टी उपाध्यक्ष समेत रहेका गृहमन्त्री गौतम पनि त्यतै हानिएका थिए । अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेता कार्यकर्ता शान्ति वाटिकाबाट नारा जुलुसहित जाने कार्यक्रम भएपनि गृहमन्त्री गौतम सिधै सभागृह जाँदै थिए । तर, रत्नपार्कमा एमाले नेता कार्यकर्ताको जुलुसले सडक जाम गरिदियो ।

प्रत्यक्षदर्शी ट्राफिक प्रहरीका अनुसार, गौतमले अटेर गरी बीचबाटोमै गाडी रोकेर डोरी नाघेका होइनन् । कुनै विकल्प नभएकाले परिबन्दमा परेका हुन् । अलि पर डोरी नभएको ठाउँमा पुग्न गाडीको जामले सम्भव नभएका कारण सुरक्षाकर्मीले नै गौतमलाई गाडीमा झर्न सुझाव दिएका हुन् । उनले भने, ‘कि डोरी काटेर जानुपथ्र्यो, कि नाघ्नुपथ्र्यो ।’