२८ आश्विन २०८३, बुधबार

छब्बीस सभासद्को टुङ्गो छिट्टै लाग्ने : मन्त्री रिजाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indexपोखरा । सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले नयाँ संविधान जारी नभएसम्म वर्तमान संयुक्त सरकार निरन्तर अगाडि बढ्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीले मंगलवार गरेको पत्रकार भेटघाट कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा रिजालले नयाँ संविधान आगामी माघ ७ गतेभित्र जारी गर्ने निश्चित उद्देश्यले नै संविधानसभाको पहिलो र दोस्रो ठूला तथा अन्य दलको संयुक्त सरकार बनेको धारणा राख्नुभयो ।

निर्वाचनका बेलामा सबै राजनीतिक दलले आआफ्नो घोषणापत्रमा छ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गराउँदै मन्त्री डा रिजालले तर निर्वाचनको परिणाम सोचेजस्तो नआएपछि ती दल अत्तालिएर अहिले स्थानीय निर्वाचनको विरोधमा उत्रिएको आरोप लगाउनुभयो ।

उहाँले मन्त्रिपरिषद्को सिफारिसमा नियुक्ति गरिने २६ सभासद्को टुङ्गो छिट्टै लाग्ने विश्वास व्यक्त गर्नुभयो ।