काठमाडौ । एकिकृत नेकपा माओवादीले निर्वाचन प्रक्रियाबाट पदाधिकारी चयन गरेको छ । केन्द्रिय सदस्यको मतको आधारमा दुई उपाध्यक्ष महासचिव, तीन सचिव र कोषाध्यक्ष चुनिएको हो ।
पदाधिकारीको लागि भएको मतदानमा पनि पोष्टबहादुर बोगटीले सबैभन्दा बढी मत ल्याए । उनले १०९ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
उपाध्यक्ष नारायणकाजी श्रेष्ठले १०६ मत पाए । महासचिवमा कृष्णबहादुर महरा १०१ मतसहित निर्वाचित भए । सचिवत्रयमा टोपबहादुर रायमाझीले १००, बर्षमान पुनले ९७, गिरिराजमणी पोखरेलले ९६ मत पाए । कोषाध्यक्षमा हरिबोल गजुरेल १०१ मतका साथ विजयी भए ।
विहानको बैठकले नेता बाबुराम भट्टराईको लागि विधान संशोधन गरी वरिष्ठ सदस्य पद सिर्जना गरेको थियो । वरिष्ठ नेताले पदाधिकारी वैठकमा सहभागी हुन पाउनेछन्













प्रतिक्रिया