२८ आश्विन २०८३, बुधबार

एआईजीमा ७ जनाको नाम शिफारिस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

policeकाठमाडौ । सात महिना देखी रिक्त रहेका नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक ९एआईजी० पदका लागि ७ नायब महानिरीक्षक (डिआईजी) को नाम सिफारिस भएको छ ।

गृहसचिबको संयोजनमा रहेको समितिले १३ मध्ये ७ जनाको नाम बढुवाका लागि सिफारिस गरेको हो ।

समितिले पहिलो नम्बरमा डिआईजिपी राजेन्द्रसिंह भण्डारी, दोस्रोमा सुरेन्द्ररबहादुर शाह र तेस्रो नम्बरका विज्ञानराज शर्मा, केदार साउद, वीरेन्द्रबाबु श्रेष्ठ, प्रतापसिंह थापा र रमेशशेखर बर्जाचार्यको नाम सिफारिस गरेको हो ।

प्रहरीको नयाँ नियमावली अनुसार समितिले बढुवा गरिएको सूचना मंगलबार साँझसम्म प्रकाशित गर्नेछ । सूचना प्रकाशित भएको ७ दिन भित्रमा चित्त नबुझ्नेले पुनरावलोकन समिति समक्ष उजुरी दिन पाउनेछन् ।

पुनरावलोकन समिति मुख्य सचिब लिलामणि पौडेलको संयोजनमा राखिएको छ । त्यसमा लोकसेवा आयोगका अध्यक्ष र गृहसचिब रहनेछन् । बढुवा सिफारिस गर्ने समितिमा गृहसचिब सहित प्रधानमन्त्री कार्यालयका सचिब दुर्गानिधि शर्मा र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल छन् ।