२८ आश्विन २०८३, बुधबार

संविधान मस्यौदा समिति छाडे रामचन्द्रले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram Chandra Poudelकाठमाडौ । नेपाली काग्रेसका उपसभापति  रामचन्द्र पौडलले संविधान मस्यौदा समिति छोडेका छन् ।
आफुले दाबी गर्दै आएको सभापति पार्टीका कनिष्ठ नेता कृष्णप्रसाद सिटौंला सभापति भएपछि असन्तुष्ट पौडेलले समिति छाडेका हुन् ।

सिटौंला सभापति भएपछि समितिको बैैठकमा अनुपस्थित रहदै आएका पौडेलले मंगलबार समिति छाडेको जानकारी सभाध्यक्ष सुवास नेम्वालाई गराएका थिए ।
संविधान मस्यौदा समिति छाडेपछि पौडेल एमाओवादीका सभासद डा. बाबुराम भट्टराई सभापति रहेको संवैधानिक राजीतिक संवाद तथा सहमति समितिमा गएका छन् ।
त्यसैगरी कानुनमन्त्री नरहरि आचार्य पनि डा.भट्टराई सभापति रहेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा गएका छन् ।