२८ आश्विन २०८३, बुधबार

दुई महिना भित्र युवा परिषद्लाई पूर्णता : मन्त्री पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indexकाठमाडौँ । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले दुई महिनाभित्रमा राष्ट्रिय युवा परिषद्लाई पूर्णता दिने बताउनुभएको छ ।
संयुक्त युवा भेला आयोजक समितिद्वारा आयोजित ‘युवामैत्री संविधान निर्माणमा युवा सभासद्को भूमिका’ विषयक अन्तक्र्रियामा आगामी आव २०७१ । ७२ को बजेट युवामैत्री बनाउनका निमित्त सक्दो प्रयास गर्ने समेत बताउनुभयो ।

युवा बेरोजगार लगायतका समस्या समाधान गर्नका लागि विभिन्न राजनीतिक दलका प्रतिनिधि, सभासद्, सरोकारवाला संघसंस्था तथा व्यक्तिहरु सम्मिलित समिति बनाउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।

सभासद् रामहरि खतिवडाले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनका लागि युवा सहभागिता र नेतृत्व आवश्यक रहेको बताउनुभयो ।

सभासद् शेरबहादुर तामाङले युवालाई विभिन्न राजनीतिक दलले प्रयोग मात्र गर्दा विकासका काम पछि परेको भन्दै यदि समृद्ध नेपाल निर्माण गर्ने हो भने युवालाई राजनीतिमा भन्दा उत्पादनमा बढी सहभागी गराउनुपर्छ भन्नुभयो ।

राष्ट्रिय युवा सञ्जालका अध्यक्ष विशाल गैरेले देशको हरेक क्षेत्रमा युवालाई कामकाजी बनाउनका लागि विभिन्न उत्पादनमूलक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

युवा अभियानकर्मी मनोज जोशीले हरेक युवाको शैक्षिक गुणस्तरलाई राम्रो बनाउँदै देशविदेशका नयाँ आयामका अभ्यासमा समावेश गराउनुपर्ने बताउनुभयो ।