२८ आश्विन २०८३, बुधबार

बाल श्रमिकको उद्धार भएन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kanchanpur_district_mapकञ्चनपुर । भीमदत्त नगरपालिका–१२ भुजेला क्षेत्रको महाकाली नदी किनारमा गिट्टी कुटेर जिविका चलाउन बाध्य भएका बालश्रमिकमध्ये चार बालश्रमिकको उद्धार हुन अझै बाँकी रहेको छ ।

आमाबाबु दुवै गुमाएका र आफन्तको शरणमा बसिरहेको सातजना बालबालिकामध्ये तीनजनाको उद्धार गरिए पनि अझै चारजनाको उद्धार हुन बाँकी रहेको छ ।

नदी किनारमा गिट्टी कुटेर जीवन चलाउन बाध्य भएका आरती लुहार, अनिल लुहार र अशोक लुहारको उद्धार भए पनि विशाल नेपाली, दीपक नेपाली, राजमति नेपाली र सुनिता नेपालीको उद्धार हुन बाँकी रहेको छ ।

तीनजनाको उद्धार गरेर अञ्चल बाल अनाथालय महेन्द्रनगरमा राखिएको र अरुको उद्धारका लागि प्रयास भइरहेको महिला तथा बालबालिका कार्यालयका बाल अधिकार अधिकृत भुवनराज चटौतले जानकारी दिनुभयो ।