२८ आश्विन २०८३, बुधबार

हिरोइनले गरिन् आत्महत्या प्रयास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

swostika-mukharji

यशराज फिल्मस्को व्यानरमा आउन लागेको फिल्म ‘डिटेक्टिव ब्योमकेश बक्शी’मार्फत बलिउडमा इन्ट्री गर्न लागेकी बंगाली अभिनेत्री स्वस्तिका मुखर्जीले आफ्नो गला काटेर आत्मत्या गर्ने प्रयास गरेकी छन्। उनको साथीको घरमा भएको यस घटनामा उनको घाँटी र हातमा चोट लागेको छ। हाल अस्पतालमा उपचाररत यी नायिका अहिले खतरामुक्त रहेको बताइएको छ।

समाचार अनुसार उनको हातमा अड्किएको सिसाको टुक्रा निकाल्न डाक्टरले सर्जरी गरेका छन्। उनलाई कलकत्ताको अपोलो अस्पतालमा राखिएको छ। उनको उपचारमा संलग्न चिकित्सक कौशिक नन्दीका अनुसार स्वस्तिकको स्वास्थ्य अवस्थामा सुधार आएको छ। ‘जब स्वस्तिका अस्पतालमा आएकी थिईन्, तब उनको हात र घाँटीमा काँचका साना साना टुक्रा अड्किएका थिए, जसलाई निकाल्न सर्जरी गर्नुपरेको थियो।’

उक्त फिल्मका एक निर्माताका प्रेमीसँग झगडा परेपछि स्वस्तिकाले आत्महत्या प्रयास गरेको समाचार बाहिर आए पनि उनकी बहिनी अजोपा मुखर्जीले साथीको घरमा लडेर घाइते मात्र भएको बताएकी छन्। स्वस्तिका सुशान्त सिंह राजपूतका साथ उक्त फिल्ममा देखिँदैछिन्।