२८ आश्विन २०८३, बुधबार

नाम कमाउने धुनमा सोनाम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Model-Sonam-Shresthaमोडल सोनाम श्रेष्ठलाई मोडलिङ अति नै मन पर्ने क्षेत्र हो ।

यही रहर पूरा गर्न आठ वर्षअघि एउटा फेसन सोमार्फत मोडलिङमा प्रवेश गरेकी सोनाम यही क्षेत्रमा स्थापित हुने सोचमा छिन् ।

मोडलिङसँगै कोरियोग्राफरको रूपमा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय फेसन सो तथा प्रतियोगिताहरूको लागि उनले काम गर्दै आएकी छिन् ।

धेरै म्युजिक भिडियोहरूमा समेत अभिनय गर्नु भएकी सोनाम एकल एल्बम निकाल्ने तयारीमा छिन् ।

पछिल्लो समय गीत लेखन र सङ्गीत सिर्जनामा साधनारत सोनामलाई यो क्षेत्रमा पनि अलगै पहिचान बनाउने इच्छा छ ।