काठमाडौं । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब जुंगाको लडाईं नगर्न नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यसँग आग्रह गर्नुभएको छ ।
क्रान्तिकारी पत्रकार संघले सोमबार राजधानीमा गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले वैद्यलाई भन्नुभयो, ‘बाबुराम जी र मेरो जुँगा छ, त्यसकारण पार्टीभित्र कहिलेकाँही जुँगाको लडाईं हुन्छ । तर मेरो भएपनि वैद्यजीको जुँगा छैन, त्यसकारण अब जुँगाको लडाईं हुन्न पार्टी एकता हुन्छ ।’
पार्टीभित्र भएका गल्ती र दोष आफूले लिएर एकताका लागि त्याग गर्न पनि तयार रहेका प्रचण्डको भनाइ थियो ।
प्रचण्डलाई जबाफ फर्काउँदै नेकपा–माओवादीका अध्यक्ष वैद्यले भने वर्तमान अवस्थामा भावनात्मक रुपमा भन्दा वैचारिक रुपमा नै एकता आवश्यक रहेको बताउनुभयो ।
यसैगरी, एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले माओवादी पार्टीबाट अलग भएको लामो समय बितिसक्दा पनि कुनै कटुता पैदा नभएको बताउनुभयो ।
कार्यक्रममा कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट जनआस्था साप्ताहिकलाई सम्मान गरिएको थियो । जनआस्थाका सम्पादक किशोर श्रेष्ठले पुरस्कार ग्रहण गर्नुभयो ।













प्रतिक्रिया