२८ आश्विन २०८३, बुधबार

भारत मोदीमय, सार्क राष्ट्रका शीर्ष नेता नयाँ दिल्लीमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modiनयाँ दिल्ली । भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले सोमबार भारतको प्रधानमन्त्री पदको सपथ लिनुहुने कार्यक्रम रहेको छ ।

भारतीय कम्युनिष्ट पार्टीहरुसँगको गठबन्धनसहित एक दशकसम्म नेतृत्व गरेको काँग्रेस पार्टीको शासनपछि आज पहिलो पटक भारतका एकजना हिन्दू राष्ट्रवादी नेता मोदीले सरकारको नेतृत्व गर्दै हुनुहुन्छ ।

हालैमात्र भारतमा सम्पन्न भएको आमनिर्वाचनमा उहाँको दलले प्राप्त गरेको स्पष्ट बहुमतका कारण आगामी पाँचवर्षका लागि उहाँको नेतृत्व भारतले पाएको छ ।

सपथ ग्रहणमार्फत ६३ वर्षीय मोदीले पहिलोपटक नयाँपन दिन खोज्नुभएको छ र त्यसैबमोजिमको तयारी पनि गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसका लागि उहाँले भारतका आफ्ना छिमेकी राष्ट्रहरु (सार्कका सबै राष्ट्र) का प्रधानमन्त्रीलाई अतिथिका रुपमा आमन्त्रण पनि गर्नुभएको छ ।

उहाँले आजै बिहान भारतीय स्वतन्त्रता आन्दोलनका नेता महात्मा गान्धीको समाधिस्थलमा गई उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

साथै आजै उहाँले भारतीय जनता पार्टीका संस्थापक नेता अटल विहारी बाजपेयीसँग पनि भेट गर्नुभएको छ । ८९ वर्षीय बाजपेयी हाल उहाँको नयाँ दिल्लीस्थित निवासमा हुनुहुन्छ ।

उहाँको सपथ ग्रहण समारोह साँझ छ बजे नयाँ दिल्लीमा सुरु हुने बताइएको छ । त्यसअगावै उहाँले आफ्नो मन्त्रिपरिषदको पनि घोषणा गर्नुहुने कार्यक्रम रहेको छ ।

उहाँले यसअगावै आफ्नो मन्त्रिपरिषद छोटो र चुस्त हुने बताउनुभएको थियो । यसअघिका भन्दा आफूले सानो मन्त्रिमण्डल बनाउने घोषणा उहाँल यसअघि नै गरिसक्नुभएको छ ।

उहाँको सपथ ग्रहण समारोहका लागि सार्क क्षेत्रका सबैजसो प्रधानमन्त्रीहरु भारततर्फ प्रस्थान गर्ने तयारीमा रहनुभएको समाचारमा जनाइएको छ ।

पाक प्रधानमन्त्री सरिफ पनि आए

यसैबीच सपथ समारोहमा अतिथिका रुपमा आमन्त्रण गरिएका पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ सोमबार बिहान नै भारत पुगिसक्नुभएको समाचार छ ।

उहाँ भारतमा सबैभन्दा बढी प्रतिक्षित नेतामा पर्नुहुन्छ । भारत र पाकिस्तानबीचको प्रतिश्पर्धात्मक सम्बन्धका कारण भारतमा पाकिस्तानी प्रधानमन्त्रीको आगमनलाई अर्थपूर्ण रुपमा हेरिन्छ ।

उहाँ नयाँ दिल्ली अन्तर्राष्ट्रिविमानस्थलमा सोमबार बिहान अवतरण गरिसक्नुभएको समाचारमा जनाइएको छ । त्यसको पूर्व सन्ध्यामा उहाँले हिजो नै पाकिस्तानी जेलमा रहेका भारतीय माझीहरुलाई रिहा गर्न आदेश दिनुभएको थियो ।

उहाँ विमानस्थलबाट बाहिर निस्किने क्रममा भारतीय उच्च अधिकारीहरुले स्वागत गरका थिए ।

उहाँ विमानस्थलमा मुस्कुराउनुभयो र औपचारिक स्वागतपछि टेलिभिजनका क्यामेरातर्फ फर्किएर हात हल्लाउनुभयो– समाचारमा जनाइएको छ ।

त्यसैगरी अफगानिस्तानका प्रधानमन्त्री हमिद कारजायी पनि भारततर्फ प्रस्थान गरिसक्नुभएको बताइएको छ । रासस /एएफपी