सप्तरी । भारतको बिहार राज्यअन्तर्गत सुपौल जिल्लाको बेला मझारी गाउँ जन्ती गएका सप्तरीका एक युवक गएराति अपहरणमा परेका छन् ।
सप्तरीको छिन्नमस्ता गाविसबाट जन्ती गएका सप्तरीको बेल्ही चपेना गाविस–७ छातापुर निवासी हरिनारायण साह अपहरणमा परेका हुन् ।
सप्तरीको छिन्नमस्ता गाविसस्थित गोविन्दरपुर टोलबाट आइतवार साँझ जन्ती गएका साह भारतको बिहार राज्यअन्तर्गत सुपौल जिल्लाको बेला मझारी भन्ने स्थानबाट अपहरणमा परेको प्रत्यक्षदर्शीले बताएका छन् ।
करिब आठ÷दश जनाको सङ्ख्यामा आएका हतियारधारी समूहले बेला मझारी भन्ने स्थानमा बुलेरो रोकी साहलाई अपहरण गरी लगेको प्रत्यक्षदर्शीले बताएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक दिनेश अमात्यले पीडितका परिवारजनले घटनाबारे जानकारी गरेलगतै सुपौलका प्रहरीलाई समन्वय गर्न खबर गरेको जानकारी दिनुभयो ।
अपहरणमा परेका साह नेपाली युवालाई वैदेशिक रोजगारमा पठाउने काम गर्दै आएका छन् ।













प्रतिक्रिया