काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला भारतीय प्रधानमन्त्रीको नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन भारत पुग्नु भएको छ ।
उहाँका साथमा शिष्टाचार महापाल कालीप्रसाद पोखरेल, परराष्ट्रमा भारत शाखा प्रमुख अमृतकुमार राई, प्रधानमन्त्रीका विदेश मामला सल्लाहकार डा.दिनेश भट्टराई, काँग्रेस नेतृसुजाता कोइराला, डा.शशांक कोइराला, वसन्त गौतम, सुरक्षा अधिकृत मेजर दिवाकर कार्की सहितको टोली दिल्ली पुगेको हो । कोइराला प्रतिनिधिमण्डललाई आइटीसी मौर्य होटलमा राखिएको छ ।
दिल्लीस्थित नेपाली दुतावासका अनुसार प्रधानमन्त्री कोइरालाले सोमबारबाट विदाइ लिन लागेका प्रधानमन्त्री डा.मनमोहन सिंहसँग अपरान्ह ४ बजे भेटवार्ता गर्नुहुनेछ । सोमबार अपरान्ह ६ बजे राष्ट्रपति कार्यालयमा हुने विशिष्ट सपथ समारोहमा सहभागी भएपछि राति ८ बजे राष्ट्रपति प्रणव मुखर्जीले सार्क क्षेत्रका शीर्षस्थ नेताहरुलाई दिने रात्रीभोजमा प्रधानमन्त्री कोइराला सरिक हुनुहनेछ ।
कोइरालाले भोलि दिउँसो प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने र लगत्तै भाजपा अध्यक्ष एवं गृहमन्त्री राजनाथ सिंह, भारतीय काँग्रेसकी अध्यक्ष सोनिया गान्धीसँग भेटवार्ता गर्नुहुनेछ ।













प्रतिक्रिया