सोलुखुम्बु । खोलुखु्म्बु जिल्लामा एक दम्पतीको हत्या भएको छ । नेचाबेतघारी– ८ सोलुखुम्बु स्थित दूधकोसी पुल छेउमा होटल तथा किराना पसल गर्दै आएको एक दम्पतीको गए राति हत्या भएको छ ।
खोला छेउमा रहेको बाटोमा सामान्य व्यवसाय गर्दै आएका मानध्वज राई र उहाँकी श्रीमतीलाई अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
राति करिब ११:३० बजे भएको घटनाका सम्बन्धमा राति १२ बजे जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक कमल कटुवालको नेतृत्वमा घटनास्थलमा परिचालन भई मुचुल्का उठाउने काम भइरहेको इलाका प्रहरी कार्यालय नेचाले जनाएको छ













प्रतिक्रिया