काठमाडौ । यौन सम्बन्धका बहानामा काठमाडौंमा एक महिलाले नशालु पदार्थ खुवाएर लुटपाट गरेको सार्वजनिक भएको छ ।
सोलखुम्बुकी ३१ वर्षीया निरु शेर्पाले दार्चुलाका स्थायी निवासी प्रेमसिंह बुढाथोकीलाई सुन्धाराको सेती महाकाली गेष्ट हाउसमा आठ लाख रुपैंया लुटपाट गरेकी हुन् ।
क्यान जुसमा नशालु औषधि मिसाई खुवाएर शेर्पा लगायतले आठ लाख रुपैंया लुटेको प्रहरी अपराध अनुसन्धान महाशाखाले पत्रकार सम्मेलन गरी जानकारी दियो । प्रहरीले लुटिएको छ लाख २० हजारसहित शेर्पालाई सार्वजनिक गरेको हो ।
शेर्पा गत जेठ ७ गते बुढाथोकीसँगै राति सुतेको र सोही मौका पारी यार्सागुम्बा बेचेर आएको आठ लाख लुटेको महाशाखाका प्रहरी नायब उपरीक्षक ओम अधिकारीले बताउनुभयो ।
उजुरी लगत्तै प्रहरी नायब उपरीक्षक अधिकारी नेतृत्वको टोलीले अनुसन्धानपछि लुटपाटमा संलग्न शेर्पालाई ठूलो भ¥याङबाट पक्राउ गरेको थियो । घटनामा संलग्न अन्य दुई जनाको बाँकी रकमसहित खोजी भइरहेको महाशाखाले जानकारी दिएको छ ।














प्रतिक्रिया