काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालिन महानिर्देशक डा. मिङमार ग्याल्जेन शेर्पासहित ६ जनालाई मु्द्दा दायर गरेको छ ।
औषधि खरिदमा व्यापक भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले ७ करोड २७ लाख रुपैंया बिगो तथा हदैसम्मको सजाय मागदाबी गरी विशेष अदालतमा आरोपपत्र (मुद्दा) दायर गरेको हो । मुद्दा दायर गरिएकामा शेर्पासहित आपूर्ति व्यवस्था महाशाखाका तत्कालिन प्रमुख हाल राष्ट्रिय यौन रोग तथा एड्स नियन्त्रण महाशाखाका प्रमुख डा. नरेशप्रताप केसी, आपूर्ति व्यवस्था महाशाखाका तत्कालिन वरिष्ठ निर्देशक हाल बालस्वास्थ्य महाशाखाका वरिष्ट जनस्वास्थ्य प्रशासक कृष्णबहादुर चन्द, तत्काल आपूर्ति व्यवस्था महाशाखा खरिद ईकाइमा कार्यरत हाल स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका जनस्वास्थ्य अधिकृत पवनप्रसाद कोइराला, तत्काल आपूर्ति व्यवस्था महाशाखा हाल स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत जनस्वास्थ्य अधिकृत रामसुन्दर यादव तथा आपूर्ति व्यवस्था महाशाखाका जनस्वास्थ्य निरीक्षक हिमलाल ज्ञवाली रहेका छन् ।
नेपाल सरकार तथा बिभिन्न दातृनिकायबाट औषधि खरीदलगायतका शीर्षकमा प्राप्त अनुदान समेतको रकममा लामो समयदेखि अनियमितता एवं भ्रष्टाचार भैरहेको भनी उजुरी परेपछि अख्तियारले उनीहरुलाई एकसाता अघि पक्राउ गरी पदबाट निलम्बन गरिएको थियो ।
महिलालाई सुत्केरी गराउँदा आवश्यक पर्ने औषधि मिसोप्रोस्टोल खरिद गर्ने क्रममा अत्यधिक अनुमानित लागत मुल्य कायम गरी आवश्यकताभन्दा बढी खरीद गरेको, औषधि गुणस्तरहीन भएको प्रमाणित हुँदासमेत औषधि आपूर्तिकर्तालाई कारबाही नगरी उल्टै भुक्तानी दिई करोडौ मुल्य पर्ने गुणस्तरहीन औषधी स्टोरमा जम्मा गरी दुरुपयोग तथा हानी नोक्सानी गरेको पाईएकाले खरिदमा संलग्न उनीहरुलाई पक्राउ गरी हिरासतमा राखिएको अख्तियारले जनाएको छ ।
मिसोप्रोस्टोल अत्यधिक लागत अनुमान मुल्य कायम गरी आवश्यकताभन्दा बढी संख्यामा खरिद गरिएको, औषधि गुणस्तरहिन भई सेवन गर्ने नमिल्ने भनी परीक्षण प्रतिवेदन प्राप्त हुँदासमेत आपूर्तिकर्तालाई कुनै कारवाही नगरी उल्दै भुक्तानी दिइएको र त्यस्ता औषधि स्टोरमा जम्मा गरी राखी सरकारी सम्पत्तिको दुरुपयोग तथा हानीनोक्सानी गरेको पाइएको अख्तियारले जनाएको छ ।
यस्तै, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. लखनलाल साह र आपूर्ति व्यवस्था महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलसंग पनि बिगो रु. २९ लाख ७३ हजार ६ सय कायम गरी हदैंसम्मको सजाय माग गरिएको छ । औषधि आपूर्ति गर्ने एटलास मेडिकल कन्सर्नका कर्मचारी निर्जना शाह तथा ल्याबोरेटेरी फर्मास्युटिकल कम्पनीका निर्देशक आदित्य भाटियाले गुणस्तरहिन औषधि उत्पादन तथा आपूर्ति गरी भुक्तानी लिई नेपाल सरकारलाई हानीनोक्सानी पु¥याएको ठहर गर्दै अख्तियारले उनीहरुसंग पनि ६२ लाख ७४ हजार ३ सय ८ रुपियाँ बिगो र हदैंसम्मको सजाय माग गरेको छ ।
अख्तियारले स्वास्थ्यका १२ जनाविरुद्ध जम्मा ७ करोड २७ लाख १३ हजार नौ सय आठ रुपियाँ बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार हदैंसम्मको सजाय माग गरिएको जनाएको छ । यस्तै, विशिष्ट श्रेणीसरहका कर्मचारी भएकाले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. लखनलाल साहसंग भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम थप सजायको मागसमेत अख्तियारले गरेको छ ।

– See more at: http://swasthyakhabar.com/2014/05/10813.html#sthash.xjMO6sw9.dpuf

प्रतिक्रिया