ताप्लेजुङ । दोस्रो संविधानसभाको निर्वाचन अघि पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गदै मञ्च सम्वद्ध संघिय लिम्वुवान राज्य परिषदले आइतवार पूर्वका नौ जिल्ला बन्दको गरेको छ । बन्दले विहानै देखि जनजीवन प्रभावित बन्यो ।
बन्दका कारण ताप्लेजुङ सहित पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा, झापा, धनकुटा, मोरङ र सुनसरीबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधन विहानै देखि चल्न सकेका छैनन् । बजार पसल, कलकारखाना, उद्योग र विद्यालय क्याम्पस पनि बन्द रहे ।
एमाओवादी उम्मेदवार सञ्चपाल मादेनलाई आक्रमण गरेको अभियोगमा पक्राउ परेका संघीय बिद्यार्थी युनियनका ताप्लेजुङका उपाध्यक्ष रक्की थेबे, अन्य कार्यकर्ताहरु सागर पन्दाक, बिचिन्द्र माबो, धनबहादुर मादेन, बिट्चन आङबोहाङलाई अदालतको आदेशमा पुर्पक्षका लागि कारागारमा राखिएको छ ।
झुटो आरोपमा आफ्ना कार्यकर्तालाई ताप्लेजुङको जेलमा बन्दी बनाइएको भन्दै मञ्चले पूर्वमा विभिन्न आन्दोलन गर्दै आएको छ । मञ्चले ४ गते ताप्लेजुङ बन्द गरेको थियो भने ७ गते मेची राजमार्ग बन्द गरेको थियो । निरन्तरको बन्दका कारण ताप्लेजुङका स्थानीय नागरिक मारमा परेका छन् ।













प्रतिक्रिया