सिन्धुपाल्चोक । नेपाली काँग्रेस निकट पत्रकारहरुको संगठन प्रेस युनियन सिन्धुपाल्चोकको चौथो जिल्ला अधिवेशन उद्घाटन नहुदै सहभागीहरुबीच हात हालाहाल भएको छ ।
आइतबार जिल्ला विकास समितिको सभा हलमा अधिवेशन उद्घाटनको सुरुवात हुदै गर्दा आफुहरुलाई बिनाकारण कारवाही गरेको भन्दै पत्रकार सिके चौलागाई लगायतका पत्रकारहरुले उद्घाटन सत्रको ब्यानर च्यातिदिएका थिए ।
पत्रकार महासंघ केन्द्रमा प्रेस युनियनबाट निर्वाचित उपाध्यक्ष अनिता बिन्दुलाई सम्मान गर्न ल्याएको माला पनि चौलागाई लगायतका समुहले फालिदिएपछि हल तनाबग्रस्त भएको थियो । पत्रकार ङेम्लिङ लामा,महेश श्रेष्ठ लगायतले आफुहरुलाई गरेको कारवाही फुकुजा नगरेसम्म अधिवेशन सञ्चालन हुन नदिने अडान राखेपछि लामो समयसम्म हलमा तनाव भएको थियो ।
पत्रकार महासंघका अध्यक्ष युवराज पुरीलाई हातपात गर्न खोजेपछि प्रहरीको ठूलो समूह हल भित्र प्रवेश गरेर स्थितलाई आफ्नो नियन्त्रणमा लिएको थियो । दुवै पक्षको आ–आफ्नो अडान भएपछि अहिलेसम्म पनि अधिवेशन सुरु हुन सकेको छैन । अहिले युनियनका केन्द्रीय कोषाध्यक्ष इश्वरी ओझा,केन्द्रीय सदस्य लिलाराज खनाल, केन्द्रीय प्रतिनिधि खिला कार्की लगायतको मध्यस्थामा अहिले दुबैपक्षबीच छलफल भइरहेको छ । युनियनको अधिवेशन पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष हरिहर विरहीले गर्ने कार्यक्रम रहेको थियो ।














प्रतिक्रिया