२८ आश्विन २०८३, बुधबार

लोकतान्त्रिक छापा माध्यममा दवाडी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

damodar_dawadiकाठमाडौं। साना लगानीमा सञ्चालित दैनिक, साप्ताहिक, अर्धसाप्ताहिक, पाक्षिक र मासिक पत्रिकामा आबद्ध सम्पादक÷प्रकाशकहरुको संस्था लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजको अध्यक्षमा दामोदरप्रसाद दवाडी निर्वाचित हुनुभएको छ

समाजको राष्ट्रिय भेलाले नयाँ विकल्प साप्ताहिकका प्रधानसम्पादक दवाडीको नेतृत्वमा १८ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । समाजको वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, समावेशी उपाध्यक्षमा सुचित्रा श्रेष्ठ, क्षेत्रीय उपाध्यक्षमा पूर्वाञ्चलबाट कृष्ण हुमागाईं, मध्यमाञ्चलबाट दीपेन्द्र चौहान, पश्चिमाञ्चलबाट ओमप्रसाद घायल, मध्यपश्चिमाञ्चलबाट प्रेम केसी र सूदुरपश्चिमाञ्चलबाट भुवनेश्वर अधिकारी चयन हुनु भएको छ ।
त्यसैगरी महासचिवमा भीष्मराज ओझा, सचिवद्वयमा छायाचन्द्र भण्डारी र कल्पना शर्मा, कोषाध्यक्षमा अर्जुनप्रसाद मैनाली तथा सदस्यहरुमा माधव आचार्य, भूपेन्द्र आचार्य, कौशल भट्टराई, विष्णुप्रसाद चौलागाईं र अमर भुजु चयन हुनु भएको छ ।
राष्ट्रिय भेलाले लोककल्याणकारी विज्ञापनमा शतप्रतिशत वृद्धि गर्न, निजी क्षेत्रबाट वितरण गरिने विज्ञापनमा ५० प्रतिशत साना लगानीका अखबारलाई उपलब्ध गराउन, साना लगानीमा २० वर्ष सम्पादक भएकालाई निवृित्तभरण दिनुपर्ने, सूचना विभागको प्रमाणपत्रवाहक पत्रकारलाई स्थानीय यातायातको भाडामा छुट दिनुपर्ने र पत्रकारलाई निःशुल्क औषधोपचारको व्यवस्था गर्नुपर्नेलगायत माग गरेको छ ।