काठमाडौं । काठमाडौंको टोखारोडस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका नेकपा एमालेका महासचिव इश्वर पोखरेल आइतबार डिस्चार्ज हुनुभएको छ ।
युरिनरी सम्बन्धी समस्याका कारण अस्पताल भर्ना हुनुभएका पोखरेल आइतबार दिउँसो डिस्चार्ज हुनु भएको हो ।
उहाँ पाँच दिन अघि अस्पताल भर्ना हुनुभएको थियो । महाधिवेशनको दौडधुपमा रहेका कारण उहाँ बिरामी पर्नुभएको हो । अब स्वस्थ भइसकेकाले महाधिवेशनको तयारीमा जुट्ने महासचिव पोखरेलले बताउनुभएको छ ।














प्रतिक्रिया