काठमाडौं । जीवनको पाँच दशकको हाराहारीमा पुगेका नायक राजेश हमालले मधु भट्टराईसँग बिवाह गरेका छन् ।
धरान सुनसरीकी मधुसँग होटल अन्नपूर्णमा शनिबार साढे ११ बजेको साइत पारेर उनीहरुको विवाह भएको हो ।
निकै गोप्य राखिएको यो बिहे करिव पचास जना पारिवारिक सदस्यको मात्र उपस्थितिमा भएको हो । मधु भट्टराईको बिशेष आग्रहका कारण मिडियामा गोप्य रुपमा बिहे गरिएको हमालका सहयोगी रोशन हमालले बताए ।
रिसेप्सन पार्टीमा भने राजेशका शुभचिन्तक सबैको उपस्थिति थियो ।

झण्डै नौ बर्ष अघि मई २८ तारिकमा मधु–हमालको पहिलो भेट भएको थियो । पाँचतारे होटल हायातमा एक कार्यक्रमको बेला यो जोडीको मिलन भएको थियो । राजेशले आफ्नो भिजिटिङ् कार्ड मधुलाई दिएका थिए भने मधुले पहिलो फोन गरेकी थिइन् ।

औपचारिक समारोहमा भेटिएकी मधुसँगको सामीप्यता बढ्दै गएपछि उनीहरुबीच प्रेम अंकुरण भएको थियो । बैशाख ३१ गते हमालले सञ्चारकर्मीका सामु होटल शंकरमा मधुलाई औपचारीक रुपमा सार्वजनिक गरेका थिए ।















प्रतिक्रिया