काठमाडौं । तपाईं जन्मदिनमा के गर्नुहुन्छ ? पक्कै पनि खुसी साटासाट गर्नुहुन्छ, अनि नयाँ सपनाहरु बन्नुहुन्छ ।
तर, साझा प्रकाशनकी अध्यक्ष तथा महाप्रबन्धक ममता झाले आफ्नो जन्मदिनको अवसर पारेर राजीनामा दिएकी छिन् । राजधानीमा पत्रकार सम्मेलन गरेर उनले दयनीय अवस्थामा रहेको एउटा साहित्यिक संस्था साझा प्रकाशनलाई आफूले निकै मेहनत गरेर सुधार गर्दागर्दै संस्थाप्रति सबैको आँखा लागेको बताइन ।
उनले भनिन्– ‘मलाई पटक–पटक विभिन्न लान्छना लगाई उजुरी हाल्ने काम भैरह्यो, तर चार पटक मलाई अख्यिारले सफाई समेत दिएको अवस्थामा फेरी नेपाल सरकारद्वारा गठित उच्चस्तरीय साझा सुदृढीकरण तथा छानवीन आयोगले पनि सफाई दिएको थियो ।’
उनले विधि र प्रकृयाअनुसार संस्थालाई अगाडि बढाएको बताउँदै उनले आपूmले कानुनी प्रक्रियाअनुसार योग्यता, कार्यक्षमता र इमान्दारीतालाई प्राथमिकतामा राख्दै संस्थामा कार्यरत अस्थायी द्वितीय माधव थपलियालाई अस्थायी प्रथममा बढुवा गर्दा अख्तियारले विषेश अदालतमा पदीय दुरुपयोगको आरोपमा मुद्दा दायर गरेकोमा दुःख व्यक्त गरिन् । गरिमामय संस्थाको साख जोगाउनको लागि पनि पदमा बसिरहन उपयुक्त नठानीकन आफ्नो दुवै पदबाट राजीनामा गरेको उनले बताइन् ।
उनले भनिन्– ‘आफूले ईमान्दारिताका साथ संस्थाको भलाई र उन्नतीको लागि दिन–रात खट्दा पनि मैलै राज्यबाट कुनै हौसला पाइन, बरु त्यसको सट्टामा सधैं लान्छाना, अभियोग तथा आरोपहरु मात्रै पाएको छु ।’
संंस्थाको सुधारको लागि आफूले कहिले पनि आर्थिक दुरुपयोग नगरेको बरु संस्थामा आफ्नो निकै ठूलो लगानी रहेको समेत झाले बताइन् । संस्थाको प्रर्वद्धन तथा विकासको लागि आफूले धेरै सुधारको कार्ययोजना ल्याएको सम्झँदै झाले भनिन्– ‘मेरो कार्यशैलीबाट संस्थाको सुधार भएको देखेर संस्थाप्रति आँखा लाउनेहरुले नै मलाई बारम्बार दुःख दिएका हुन ।’
झाले शनिबारबाटै लागु हुने गरि सद्भावना पार्टीको केन्द्रीय सदस्य तथा महिला मञ्चको केन्द्रिय अध्यक्ष र साधारण सदस्यबाट पनि राजीनामा दिएको जानकारी दिइन् । उनले साझा प्रकाशनको बर्तमान सञ्चालक समितिका सदस्यहरुले पनि संस्थाको विकासमा सधैं साथ दिएकोमा उनीहरुप्रति आभार व्यक्त गरिन् ।














प्रतिक्रिया