२८ आश्विन २०८३, बुधबार

एआइजी बढुवा चाँडै : गृहमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bamdev-gautamविराटनगर । उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले नेपाल प्रहरीको नियमावलीले पूर्णता पाएकाले अब चाँडै नै सात जना एआइजीको बढुवा प्रक्रिया सञ्चालन हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गौतमले प्रहरी निमावलीलाई लोकसेवा आयोगले सहमति दिएको हुनाले सरकारले अब बढुवा प्रक्रिया चाँडै नै सुरु बताउनुभयो ।

अर्को एक प्रसंगमा उपप्रधानमन्त्री गौतमले मन्त्रिपरिषद् गठन भएको तीन महिना पनि नपुगेको अवस्थामा सरकारको विरोध गर्नुको कुनै अर्थ नभएको समेत बताउनुभयो ।

‘वर्तमान सरकारले अवरुद्ध संविधानसभा सुचारु गरेको, राष्ट्रिय योजना आयोग गठन गरेको र संविधान निर्माणका लागि विविध उपलब्धिमूलक काम गरेकाले सरकारको आलोचना गर्नुको अर्थ छैन’, उहाँले भन्नुभयो ।

वर्तमान सरकारको प्रमुख उद्देश्य भनेको एक वर्षभित्र लोकतान्त्रिक संविधान निर्माण गर्नु हो भन्दै उहाँले यसका लागि सरकार दलको सहमति एवम् सहकार्यमा अगाडि बढिरहेको बताउनुभयो ।

नेकपा (एमाले)का उपाध्यक्षसमेत रहनुभएका गृहमन्त्री गौतमले स्थानीय निकायको निर्वाचनका लागि सरकार पूर्ण तयारीमा रहेको उल्लेख गर्दै सबै दलको सहमतिमा निर्वाचनको मिति घोषणा हुने जानकारी दिनुभयो ।

एक प्रश्नको जवाफमा उहाँले संविधानसभामा २६ जना सभासद् मनोनयन गर्ने विषयमा सर्वोच्च अदालतको निर्णयका कारण केही समय ढिला भएको भन्दै यस विषयमा नेपाली काँग्रेस, एमाले र एमाओवादीसँग सहमति कायम गरी टुंगोे लगाइने बताउनुभयो ।